रक्तदान कार्यक्रममा २ सय २५ पिन्ट रगत सँकलन
२०८१ श्रावण २४, बिहीबार
चितवन। स्थापनाकाे २३अैाँ बार्षिक उत्सवकाे अवसरमा एक्पर्ट एजुकेसन द्वारा शाखा कार्यलय परिसर रत्ननगरमा आयाेजित रक्तदान कार्यक्रममा २ सय २५ पिन्ट रगत सँकलन भएकाे छ ।
उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीका लागि अमेरिका, अष्ट्रेलिया ,क्यानडा,युके,न्यूजील्याण्ड लगाएतका देशहरुका लागि शैक्षिक परामर्श तथा भाषा शिक्षा सञ्चालन गरिरहेकाे एक्पर्ट सन् २००३मा अष्ट्रेलियाकाे सिड्नीमा स्थापना भएकाे थियाे ।
एक्पर्ट एजुकेसनले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान जस्ताे अति महत्त्वपूर्ण कार्यकाे आयाेजना गरेकाेमा धन्यवाद दिदै रत्ननगर नगरपालिकाका मेयर प्रल्हाद सापकोटाले निजी क्षेत्रबाट यस्ताे मानवीय कार्य हुनु सकरात्मक पक्षभएकाे बताउनुभयो ।
एक्पर्टले गत बर्षकाे वार्षिकोत्सबकाे अवसरमा पनि रक्तदान कार्यक्रमकाे आयाेजना गरेकाे थियाे। गत वर्ष निजी क्षेत्रबाट सबैभन्दा धेरै रक्त सँकलन गराएकाे सँस्थाकाे रुपमा एक्सपर्ट सम्मानित भएकाे थियाे। यस वर्ष भने साेहि सँस्थाले अघिल्लो रेकर्ड व्रेक भएकाे जनाएको छ।
२० भन्दा बढी देशमा ६० भन्दा बढी शाखा रहेकाे एक्सपर्टले शैक्षिक परामर्शसँगै आइएलटिएस/पिटिइ का साथै स्याट कक्षाहरुसमेत सन्चालन गरिरहेकाे चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1