२०८१ असार १६, आइतबार

आशिष आचार्य ,काठमाडौं व्यूराे

नेकपा एकीकृत समाजवादीकाे महाधिवेशनमा नेकपा एमालेकाे प्रतिनिधिकाे उपस्थिति रहेन ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानकाे सभाहलमा आज आइतबारबाट शुरु अधिवेशनकाे पार्टी अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गर्नुभयाे ।

उद्घाटन कार्यक्रममा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई, जनमत पार्टीका अध्यक्ष सीके राउत, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव लगायतका नेताहरु सहभागी भएका छन् ।

देशभरबाट १८ सय भन्दा बढी प्रतिनिधि उपस्थित साे अधिवेशनले आगामी पार्टी नेतृत्व चयन गर्ने छ ।

नेतृत्वका लागि वर्तमान अध्यक्ष माधवकुमार नेपालसँग झलनाथ खनाल वा उनकाे समर्थनमा उठ्ने बीच प्रतिस्पर्धा रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0