२०८१ जेष्ठ २४, बिहीबार

चितवन जिल्ला बचत तथा ऋण सहकारी सँघले सहकारी सम्मेलन गर्ने भएकाे छ ।

जिल्लामा रहेका बचत तथा ऋण सहकारी सँस्थाहरुमा देखा परेका समस्या समाधान गर्ने उद्योगले सम्मेलनकाे आयाेजना गर्नलागिएकाे सङ्घकी अध्यक्ष बिद्या काेइरालाले पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयाे।

चितवन जिल्ला सहकारीमा आवद्ध दुई सय पाँच सहकारीका अध्यक्ष र व्यवस्थापक गरि चार सयकाे,हाराहारीमा सहभागी रहनेगरि सम्मेलनकाे आयाेजना गरिएकाे अध्यक्ष काेइरालाले जानकारी दिनुभयाे ।

विगत केही समयदेखि बचत तथा ऋण सहकारी सँस्थामा जटिल समस्या देखापरेकाे र त्यसमा पनि बाहिरबाट चितवनमा कार्यक्षेत्र बनाएर काराेवार गरेका सहकारी बढी समस्या रहेकाेले सम्मेलनकाे आयाेजना गरी सजगता र विश्वासनीयता कायम गर्नपनि सम्मेलन गर्नुपरेकाे सङ्घका सल्लाहकार तेजेन्द्रबहादुर खड्काले बतउनुभयाे ।

सम्मेलनमा छवटा कार्यपत्र प्रस्तुतहुने सँघका सचिव सुदीप रेग्मीले जानकारी दिनुभयाे ।

सम्मेलन जेष्ठकाे २५ र २६ गतेसञ्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0