२०८१ जेष्ठ २४, बिहीबार

काठमाडौं । नरेन्द्र माेदी तेश्राे कार्यकालका लागि भारतकाे प्रधानमन्त्री बनेका छन्।

हालै सम्पन्न लाेकसभा निर्वाचनकाे परिणाम सार्वजनिक भएसँगै उनी पुनः प्रधानमन्त्रीमा नियुक्त हुने अवसरमा पुगेका हुन् ।

शनिबार माेदीले तेश्राेपटक प्रधानमन्त्रीका रुपमा शपथ लिदैछन् । माेदीकाे शपथग्रहण समाराेहमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल दिल्ली जानेेभएका छन् ।

प्रधानमन्त्रीकाे भारत भ्रमण निर्णय सँभवत: आजै हुनसक्ने सरकारका एक मन्त्रीले जनाएका छन् ।

यस अघि नै फाेनबार्ताबाट प्रधानमन्त्रीलाई माेदीले शपथग्रहण सभामा निम्तो गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0