२०८१ जेष्ठ २१, साेमबार
आशिष् आचार्य , उपत्यका व्यूराे
काठमाडौं । साँसद धनराज गुरुङले चितवनकाे साैराहालाई हनिमुन सहर बनाउनुपर्ने बताएका छन् ।
आज साेमबार राजश्व र व्यायकाे बार्षिक अनुमानमाथिकाे छलफलमा गुरुङले भने `पर्यटन प्रवर्द्धन गर्न चितवनकाे साैराहालाई हनिमुन सिटीकाे रुपमा विकास गरिनु जरुरी छ ´।
बाेल्नेक्रममा उनले भने ‘यसमा एउटा कुरा अझै पुगेन । वेडिङ हब्स पनि भयो । बर्थिङ हब्स पनि भयो । अब एउटा हनिमुन हब्स भएन । हनिमुन सिटी भएन । हनिमुन सिटी पनि कहीँ न कहीँ राखिदिँदा के फरक पर्छ ? चितवनको सौराहामै हनिमुन सिटी बनाइदिउँ । विवाहित जोडीहरु त्यहाँ जान्छन् । नव दुलाहा, दुलही त्यहाँ जान्छन् । हात्ती चढ्छन् । घुम्छन् । त्यसैले हनिमुन सिटी । रारा ताल मात्रै हेर्न जानुभन्दा पनि त्यहाँ एउटा हनिमुनशिप बनाइदिउँ । १ हजार जोडी अट्ने शिप बनाइदिउँ । हनिमुन शिपमा गएर हनिमुन मनाउँछन् । के फरक पर्छ ? यसरी पर्यटन प्रवर्द्धन गर्दै जानुपर्छ,’ ।
गाँजाबाट अैषधि निर्माणका लागि खेती गर्न र घरेलु मदिराकाे ब्रान्डिड गर्न सके थप ५ अर्ब बढी राजश्व उठ्ने उनकाे भनाइ रहेकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
+1
+1
+1