२०८१ जेष्ठ ९, बुधबार

कान्तिपुर मिडिया ग्रुपका अध्यक्षलाई कार्यालयबाटै पक्राउ परेपछि उत्पन परिस्थिति , प्रकाशित सामाग्री तथा विज्ञप्ति र धारणाहरु छचल्किन थालेपनि अहिलेसम्मकाे बुझाई उनी पत्रकारीता कर्मसँग नभएर नागरिकता जस्ताे फाैजदारी कर्मका विषयमा अनुसन्धानका लागि समातिए भन्ने रहेकाे छ ।

कसले समात्याे,किन समात्याे , कसकाे आदेश र इसारामा यी काम भैरहेका छन् भन्ने भन्दापनि नागरिकतामा कैफियतका विषयमा राज्यसँयन्त्रले अनुसन्धानका लागि राखेकाे भन्ने बुझाई आमनागरिककाे रहेकाे छ ।

उपत्यका अपराध अनुसन्धानकाे टाेलीले पक्राउ गरी प्रहरीले धनुषा पुर्याईएका सिरेारियालाई समात्नु जायज वा नाजायजकाे बहसमा फस्नु भन्दापनि कानुनद्वारा सत्य र तथ्य छानविन हुनुपर्दछ ।

यदि उनी नागरिकता प्रकरणमा कैफियतमा परेभने कसैकाे काेकाेहाेलाे भन्दापनि कानुनकाे मुनासिव सकृयता मान्नुपर्दछ भन्नेमा दुईमत छैन ।

यदि उनी कैफियतमा नपरि स- सम्मान कार्यक्षेत्रमा फर्कदाका अवस्थामा भ्रमपूर्ण सामाग्री प्रकाशन भएकाे भए साे प्रति थप अनुसन्धान हुनपर्दछ भन्ने प्रष्ट धारणा सहित सिराेरिया प्रति लागेकाे अभियाेग प्रतिकाे सत्यतथ्यकाे सार्वजनिकीकरणकाे लागि जाेडदार माग गर्दछौं।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0