२०८१ जेष्ठ ९, बुधबार
कृष्ण खनाल,चितवन
२०६४ सालमा गाेरखाबाट खालिहात चितवन झरेका बाबुराम भट्ट यतिखेर खैरहनी १ स्थित भाडाकाे जमिनमा केरा लगाउन व्यस्त हुनुहुन्छ ।
अन्यत्र सहित वहाँसँग करिव २० विगाहामा केरा खेती छ। आफुले उत्पादन गरेकाे बाहेक अरुका बगानकाे समेत केरा किनेर बेच्ने जक्सन भने रत्ननगरकाे फलफुल तरकारी मण्डी भित्र छ,वहाँकाे ।
` हात र मुखका साथमा ६ जनाकाे परिवार चितवन झर्दा भन्दा अहिले मसँग हिम्मतकाे साथमा जिन्दगीका याेजना पनि छ´ भन्नुहुन्छ बाबुराम ।
मेहनत गरेकैले घरघडेरी जुट्याे, छाेराछाेरीकाे ललाइपढाई देखि बिबाहवारी समेत खेरा खेतीबाटै गरेकाे हुँ भन्नुहुन्छ भट्ट ।
हामीले जतिमेहनत गरेपनि राज्यका निकायले इमानदारीपूर्वक साथ नदिने हाेभने केहिगर्न नसकिने वहाँकाे अनुभव छ ।
सरकारले केहिदिएन भनाैँ भने मल, बीउ, बिरुवा , सिचाइमा सहुलियत दिएकाे छ। दियाे भनाैँभने कमसल जातका , अन्त नविकेका र उत्पादन नै कमहुनेखाले बिरुवा र कमसल मलविऊ बाड्दा रढ्दा रहेछन् ´- बाबुरामकाे अनुभव छ ।
राज्यले यतिठुलाे लगानी गरेर कृषि अनुसन्धान परियाेजनाहरु सञ्चालन गरेकाे छ तर `याे ठाउँमा याे जातकाे खेति लगाउन याेग्य छ ´ समेत भन्न नसक्ने विज्ञता के काम´- भट्ट भन्नुहुन्छ ।
जाेखिम माेलेर काम गरेपछि मात्रै प्राविधिक बाेल्दारहेछन वहाँ ।
सय बिगाहामा केराखेती गर्ने भट्टकाे धाेकाे
———————————
करिव बीस बिगाहामा केराखेती गर्नुभएका बाबुराम भट्ट आगामी दिनमा याे पेशा बढाएर सय बिगाहामा केरा फलाउने याेजनामा हुनुहुन्छ ।
चितवनमा खेतीयोग्य जमिनै नपाइने भयाे । खेतीपाती हुने जमिनजति सबै प्लटिङमा सिद्ध्याए , अव पुर्वतिर जमिन भाडामा खाेज्नजाने याेजनामा छाैँ ´- यसपालि ५० बिगाहा जति जमिन खाेजेर केराखेती थप्ने विचार छ- भट्ट आफ्नाे याेजना सुनाउनुहुन्छ ।
बाबुरामकाे सरकारसँग आशा र अपेक्षा
———————————
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
+1
+1
+1