२०८० चैत्र १, बिहीबार

काठमाडौं । सर्वोच्च अदालतले सबै प्रदेशमा उपभोक्ता अदालत स्थापना गर्न आदेश दिइसकेको अवस्थामा नवनियक्त कानुन , न्याय तथा सँसदीय मामिलामन्त्री पदम गिरीले आफू साे अदालत स्थापना गराउन प्रतिबद्ध रहेकाे बताएका छन्।

राष्ट्रिय उपभोक्ता मञ्च नेपाल, उपभोक्ता अधिकार अनुसन्धान मञ्च र उपभोक्ता संरक्षण मञ्चले आज यहाँ आयोजना गरेको ‘उपभोक्ताको चाहना सुलभ र शीघ्र न्यायका लागि उपभोक्ता अदालतको स्थापना’ विषयक कार्यक्रममा उनले उपभोक्ता अदालत स्थापनाका लागि पहलगर्ने बताएका हुन् ।

उपभोक्ता अदालत स्थापना गर्नसके उपभोक्ताका अधिकारलाई संरक्षण गर्न सहजहुने मन्त्री गिरीले बचाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0