२०८०मङ्सिर २६,मँगलबार
प्रकाशबाबु खनाल । रत्ननगर, चितवन। रत्ननगरकाे टिकाैली चाैरमा जारी ‘दाेस्राे रत्न प्रिय कप’ फुटबल अन्तर्गत मंगलवार भएकाे खेलमा खेलकुद विकाश समित रत्ननगर- १२ विजयी भएकाे छ ।
मिलिजुली युवा क्लब कालिकालाई १–० काे गोल अन्तरले पराजित गर्दै खेलकुद विकाश समित रत्ननगर- १२ विजयी भएको हाे । खेलकुद विकाश समित रत्ननगर- १२ का तर्फबाट सजिन थापा मगरले जितको लागि निर्णायक एक गोल गरेका थिए । प्रतियोगितामा थापा मगर नै म्यान अफ दी म्याच घोषित भए । उनलाई बाघमारा सामुदायिक बनका अध्यक्ष जितु तामाङ र सामाजिक अभियन्ता ज्ञानेन्द्र राज पाण्डेले पुरस्कार हस्तान्तरण गरेका थिए ।
चितवन सहित मकवानपुर, नवरपरासी गरी १० वटा टिम रहेकाे प्रतियोगितामा पहिलो हुने टिमलाइ १ लाख ५५ हजार ५ सय ५५ र दोस्रो हुने टिमलाई ७७ हजार ७ सय ७७ रूयैया पुरस्कार प्रदान गरिने आयोजक समितिका संयोजक बिबेक अम्गाईले जानकारी दिए ।
भोली बुधबारको खेल आयोजक रत्न प्रिय क्लब र हेटाैँडा फुटबल एकाडेमी बीच हुने आयोजकले जनाएको छ ।