२०८०मङ्सिर १७,आइतबार

चितवन । भरतपुर -१२ मिलनचाेकस्थित कल्भर्टमा जुटेको बाेरा भित्र भेटिएको दुईवटा शवकाे अझै पहिचान नखुलेपछि प्रहरीले मृतकको स्केच सार्सार्वजनिक गरेकाे छ ।

बिशेषज्ञ द्वारा तयार पारिएको मृतकको अनुहार प्रष्ट्याउने किसिमको स्केज प्रहरीले आज फेसबुक मार्फत सार्वजनिक गरेकाे हाे । प्रहरीले काेही कसैका आफन्तहरु हराएको छन् भने प्रहरी खबर गर्न जानकारी गराउदै स्केच सहित मृतकको हुलिया र शरीरमा भेटिएका चिन्ह तथा कपडाबाट सनाखत हुनसक्ने भएकाेले स्केच सहित सार्वजनिक गरिएको चितवन प्रहरीले जनाएको छ।

भरतपुर महानगरपालिका–१२ मंसिर ६ गते केरुङ्गा खोलामाथि बनेको कल्भर्टमा जुटको बोराभित्र महिला र पुरुषको शव भेटिएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनले ७७ वटै जिल्ला र मातहतका निकाय तथा भारतमा समेत शवको प्रकृति र हुलियाका बारेमा जानकारी गराइसकेको छ । तर कतैबाट घटनाको सुइँको पाउन सकेको छैन । कुनै कुरा पत्ता लगाउन नसक्दा थप अनुसन्धान नै सुरु गर्न नसकिएको प्रहरी अधिकारीहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0