२०८०मङ्सिर १६, शनिबार ।

चितवन। उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले समाजवाद उन्मुख समावेशी लाेकतन्त्रलाई कार्यान्वयन गर्न अवराेध हुनेफपरिस्थिति आउन नदिने बताएका छन् । भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उनले कानुन हातमा लिने र अराजकता फैलनउने छुट कसैलाई नभएकाे समेत बताए। संविधान र लाेकतन्त्रकाे रक्षा गर्न अझै गम्भीर भएर सरकार लागिपरेकाे बताउँदै उनले भने ” अन्य सामाजिक सञ्जाल बन्दगर्ने हल्ला निराधार हाे , तर नियमन भने सबैलाई गर्नपर्ने हुन्छ।”

Banner

सरकार संविधानको रक्षा र लोकतन्त्रले दिएको अधिकारको अभ्यासलाई सुनिश्चित गर्न उदारतापूर्वक सोचिरहेको मन्त्री श्रेष्ठको भनाइ छ ।  “त्यसलाई कसैले पनि कम्जोरी ठानेर सामाजिक सद्भाव खल्बलाउने, जाति, धार्मिक एकता र सद्भाव सहिष्णुतालाई खल्बलाउने र राष्ट्रिय एकतामा असर पार्न काम र समाजमा अशान्ति, अस्थिरता र अराजकता उत्पन्न गर्ने र कानुन हातमा लिने काम कसैले गर्छ भने हामी छुट दिने पक्षमा छैनौँ ।”उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलेपत्रकारसँग भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0