२०८०मङ्सिर ५, मँगलबार । काठमाडौं । जिल्ला सुरक्षा समितिकाे सिफारिसकाे आधार भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले महाराजगन्ज स्थित रास्ट्रपति कार्यालय शितलनिवास र वालुवाटार स्थित प्रधानमन्त्री निवास क्षेत्रलाई निषेधित क्षेत्र घाेषणा गरेकाे छ ।

स्थानीय प्रशासन ऐन, २०२८ काे दफा ६ काे उपदफा ३,क काे अधिकार प्रयाेग गरि ताेकिएकाे क्षेत्रमा ३० दिनसम्म ५ जनाभन्दा बढी ब्यक्ति भेलाभएर भेला , जुलुस , धर्ना, घेराउ,अनसन लगाएतका आन्दोलन वा विराेधका कार्य गर्न पाइने छैन ।

जिल्ला प्रशासन कार्यालय ललितपुरले पनि मँगलबार नै मन्त्री निवास पुल्चोक क्षेत्रमा निषेधाज्ञाको आदेश जारी गरेको छ । काठमाडौं प्रशासनले सोमबार मात्रै माइतीघर मण्डलादेखि बानेश्वरसम्मको क्षेत्रमा निषेधाज्ञा लगाउने निर्णय गरेको थियो । ७ मंसिरमा युवा संघ र दुर्गा प्रसाईं नेतृत्वको समूहले आयोजना गरेको छुट्टाछुट्टै शक्ति प्रदर्शनको कार्यक्रमको पूर्वसन्ध्यामा प्रशासनले यो निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0