२०८० मङ्सिर ४, साेमबार ।

काठमाडौं । मङ्सिर ७ गते काठमाडौं केन्द्रित हुने भनिएकाे कार्यक्रमकाे बारेमा छलफल गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेकपा एमालेका नेता महेश बस्नेत र मेडिकल  व्यवसायी दुर्गा प्रसाईं पक्षसँग छलफल गर्न बाेलाएकाे छ ।

पछिल्लो समय प्रसाईं र बस्नेत बीच कडारुपमै आराेप- प्रत्याराेप चलिरहेकाे अवस्थामा मङ्सिर ७ गते दुबैपक्षले काठमाडौं केन्द्रीत कार्यक्रम घाेषणा गरेपछि सम्भाव्य जाेखिम कमगर्ने उद्देश्यले छलफल गर्न बाेलाईएकाे प्रशासनले जनाएको छ ।

दुबैपक्षसँग छलफल गरि कार्यक्रम सञ्चालन हुने   एकिन गरि स्थान समेत ताेक्नेगरि छलफल हुने प्रशासनले जनाएको छ । ” अहिले ४ बजे दुबैपक्षकाे राेहवरमा छलफल हुनेछ”- जिल्ला प्रशासन कार्यलय काठमाडौं श्राेतले भन्याे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0