Open photo

२०८० मङ्सिर ४ गते साेमबार।

हरि अधिकारी / बाँके

नेपालगन्ज – देशभरका तराई लगायत मिथिलाञ्चलमा आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सकिएको छ ।

बिगतमा तराईबासीकाे पर्वकाे रुपमा परिचित छठ पर्व काे महिमा र उत्सव देशभर फैलिएकाे छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी , रुपन्देही , कपिलवस्तु , बाँके चितवन लगायत देशभरका जलाशयमा उदाउँदो सूर्यलाई अर्घ अर्पन गर्दै धुमधामका साथ छठ पर्व सम्पन्न भएको छ ।

Open photo

स्थान नारायणी नदि तट फाेटाे: दीक्षा खनाल, फाेटाे पत्रकार

छठ पर्व महोत्तरीको जलेश्वर, मटिहानी, सुगा, गौशाला, पिपरा, सम्सी, बर्दिबासलगायत अन्य सहरी एवं ग्रामीण क्षेत्रमा रहेको विभिन्न पोखरी, तलाउ तथा जिल्लाको प्रसिद्ध नदी बिग्ही, रातो मरहा, जंगहा, अंकुसी नदी तथा नहरको किनारमा धार्मिक विधिपूर्वक मनाइएको छ भने चितवनकाे नारायणी नदिमा हिजाे अस्ताउँदाे सुर्यलाई अर्घ दिदै गरिएको पूजनमा सहभागी तथा दर्शक भक्तजनकाे भिड छिचाेल्न नसकिने अवस्था थियाे ।

Open photo

स्थान नारायणी नदि तट फाेटाे: दीक्षा खनाल, फाेटाे पत्रकार

सत्य अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभुति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको छ । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको यस पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ ।

आफ्ना पति र सन्तानकाे आराेग्यता काे कामना गर्दै मनाेकामना पूर्णताका लागि छठीमाई काे पूजन गरिने याे पर्व प्रकृतिको पूजन समेत भएकाे बताईन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0