२०८० कार्तिक २, बिहीबार
बीआरईकाे कार्यक्रमका लागि चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्वस्थ भएपछि अस्पताल भर्ना भएकाछन् । उनका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठका अनुसार मन्त्री श्रेष्ठलाई स्वास्थ्यमा असहज भएपछि बेइजिङ स्थित एक अस्पतालमा भर्ना गरिएको छ ।
चेकजाँच पछि उनलाई माइल्ड हर्टअट्याक भएकाे जनाइएकाे छ । दिउँसो देखिनै असहज भएका श्रेष्ठलाई काेठामा फर्केपछि छाती दुखेकाले अस्पताल लगिएकाे थियाे । उनकाे मुटुको भल्भमा रक्तसञ्चार समस्या देखिएकाे स्वसचिव श्रेष्ठले जानकारी दिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1