२०८०असाेज १०, बुधबार ।

चितवन। स्वस्थ्य तथा जनसंख्या मन्त्री माेहनबहादुर बस्नेतले गरिब विपन्नले अैाषधि उपचार नपाएर मर्नु नपर्ने बताउनुभएको छ। उन्नाइसौं राष्ट्रिय क्यान्सर सतर्कता दिवस तथा वीपी काेइराला मेमोरियल क्यान्सर अस्पतालकाे २४ अैाँ वार्षिकत्सवकाे अवसरमा आयाेजित समारोहलाई सम्बाेधन गर्नेक्रममा यस्ताे बताउनु भएकाे हाे ।

Open photo

जनताका गुनासा पनि धेरै छन् भने आक्राेश समेत बढेकाे छ भन्दै मन्त्री बस्नेतले स्वास्थ्यकाे क्षेत्रमा देखिएका बेथितिलाई नियन्त्रण गर्नुपर्ने बताउँदै मन्त्री बस्नेतले भन्नुभयाे ” सरकार चिकित्सक तथा स्वास्थ्यकर्मीकाे सुरक्षाको जिम्मा लिन्छ ।” नेपालका चिकित्सकसँग पढ्न र सिक्न विदेशबाट समेत चिकित्सक नेपाल आउने ।

नेपालका नेता र हुनेखाने भने उपचारका लागि विदेश जाने – याे ठिक नभएकोले अहिले सरकारले विशिष्ट व्यक्तिको उपचारका लागि विदेश पठाउने नीति बन्द गरेकाे मन्त्री बस्नेतले बताउनुभयो । मन्त्री बस्नेतले शिक्षा र स्वास्थ्य जनताको नैसर्गिक अधिकार भएकाले सँविधानले दिएकाे हककाे उपयाेग गर्नुपाउनु हरेक नागरिकको अधिकार रहेकाे बताउनुभएकाे छ ।’ तपाईंहरु उत्कृष्ट अस्पताल बनाउन लाग्नुहाेस् हामी तपाईंका लागि आवश्यक सहयाेग गर्नेछौं भन्दै मन्त्री बस्नेतले वीपी काेइराला मेमोरियल अस्पताललाई प्रतिष्ठानकाे रुपमा विकास गर्न सरकारले सहयाेग गर्ने समेत बताउनुभयो ।

साे अवसरमा बागमती प्रदेशका स्वस्थ्य मन्त्री उत्तम जाेशीले स्वस्थ्य क्षेत्रमा धेरै कुराकाे सुधार आवश्यक रहेकाे भन्दै सुशासन , पारदर्शिता र जवाफदेहीतामा अस्पताल प्रशासन सचेत हुनुपर्ने बताउनुभएकाे थियाे ।

कार्यक्रमलाई सम्बाेधन गर्दै भरतपुर महानगरका प्रमुख मेयर रेणु दाहालले अस्पतालले सेवालाई अझै व्यबस्थित गर्नुपर्ने बताउँदै साेका लागि प्रदेश तथा सँघिय सरकारले थप सहयाेग गर्नुपर्ने बताउनुभएको थियाे ।

कार्यक्रममा निवृत्त कर्मचारीलाई सम्मान गरिनुका साथै अस्पतालका कर्मचारीले साँस्कृतिक प्रस्तुति समेत प्रदर्शन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0