२०८०असाेज ६, शनिबार

रत्ननगर,चितवन । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो छैठौँ वर्ष पूरा गरि सातौ वार्षिक उत्सव तथा सामाजिक सेवा दिवसको अबसरमा रत्ननगर नगरपालिका १५ स्थित विन्देश्वरी आधारभूत विद्यालयमा रहेकाे चेपाङ छात्रावासका विद्यार्थीहरुलाई खाध्यान्न वितरण गरेको छ ।

छात्रावासमा करिव १०० जना चेपाङ समुदायका छात्रछात्राहरु आवासीय रुपमा रहेका छन् । खाद्यान्न वितरण कार्यक्रममा बोल्दै कम्पनीमा वित्तीय सल्लाहकार समेत रहनुभएका समाजसेवी रामलाल कुमालले कमजोर आर्थिक अवस्था भएका चेपाङ समुदायका बालबलिकाहरुलाई सन लाईफले सहयाेग गरेकाेमा धन्यवाद दिदै आगामी दिनमा थप सहयोगका लागि याेजना तयगर्ने बताउनु भयो ।

आजकाे युग दिनदिनै जाेखिम तर्फ धकेलिएको अवस्थामा विमाकाे माध्यमबाट बचत र सुरक्षा दुवै हुने बताउँदै कुमालले बीमा बाट व्यक्ति तथा परिवारको भविश्य सुरक्षित हुने बताउनु भयो ।

प्रमुख अतिथि तथा विद्यालयका प्रधानाध्यापक हरि प्रसाद खनालले दाताहरुको सहयोगबाट नै छात्रावासका वालवालिकाहरुको शिक्षा दीक्षा तथा पालन पोषण सम्भव भएको बताउदै सहयाेगका लागि विमा कम्पनीलाई धन्यवाद ज्ञापन गर्नुभएको थियाे । उहाँले दाताहरुलाई छात्रावासको अबलोकन गर्न पनि अनुरोध गर्नु भयो ।

प्र.अ. खनालले कम्पनीको उत्तरोत्तर प्रगतिको कामना गर्नु भयो चेपाङ बालबालिकाहरु काे सहयाेगका लागि अपिल समेत गर्नुभएकाे थियाे । विद्यालयका शिक्षक डिल्लीराम भट्टराईले शुभकामना मन्तव्य राख्नु भएको साे कार्यक्रममा सहायक प्र.अ. प्रेम बहादुर पन्त, शिक्षकहरु दिपेन्द्रराज रेग्मी,हिमा आचार्य,गायत्री भट्ट,सुजता पन्त,पार्वती सत्याल , कम्पनीका वित्तीय सल्लाहकार विष्णु भट्ट लगायतको उपस्थिति थियो ।

कार्यक्रममा नारायणगढ शाखा प्रमुख प्रकाशवावु खनालले लामो समय देखि शिक्षा क्षेत्रमा योगदान पुर्याउनु हुने विद्यालयका प्र.अ.हरि प्रसाद खनाल,सहायक प्र.अ. प्रेम बहादुर पन्त शिक्षकहरु डिल्लीराम भट्टराई,दिपेन्द्र राज रेग्मीलाई खादा ओढाई सम्मान गर्दै आगामी दिनमा पनि छात्रावासमा रहेका चेपाङ बालबालिकालाई सहयाेग गर्न सँस्था प्रतिबद्ध रहेकाे बताउनुभयो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0