शनिबार ६, श्रवण ,२०८०

चितवन / नेपाली काङ्ग्रेस चितवनले विपी काेईरालाकाे ४१ अैाँ स्मृति दिवसको अवसर पारेर पार्टीकाे सँगठन सुदृढीकरण अभियानकाे घाेषण गरेकाे छ । अभियान अन्तर्गत चितवनका ९८ वटै वडाबाट आज एकैसाथ काङ्ग्रेसकाे पार्टी सदस्यता वितरण गर्नुका साथै कृयाशील सदस्यता नविकरण थालिएको जिल्ला अध्यक्ष राजेश्वर खनालले जानकारी दिनुभयो । अभियान १५ दिनसम्म चल्ने नेपाली काङ्ग्रेस चितवनले जनाएको छ ।

अभियानका दाैरानमा पार्टी भित्रका असन्तुष्टिहरुकाे छलफल द्वारा निराकरण , समाजमा रहेका युवापँतीलाई काङ्ग्रेसको मूलधारमा ल्याृन पार्टीका सबै जनबर्गिय सँगठनहरुकाे अधिवेशन सम्पन्न गराउँदै जिल्ला पार्टी अधिवेशन आगामी भदौ २४ गते सम्पन्न गर्ने गरि कार्ययोजना अघिबढाईएकाे अध्यक्ष खनालले बताउनुभयो ।

Open photo

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0