जेष्ठ ८,चितवन ।
धर्म सस्कृति र परम्परा हाम्रा माैलिक पहिचान हुन् । आस्था र विश्वासका धराेहर हुन् । समाज सन्चालन गर्ने अजय शक्ति समेत हुन् । यिनै आशा र भराेशाकाे बिम्ब बाेकेर रहेकाे भरतपुरकाे मुटु वडा नम्बर १० दुरसन्चार राेड स्थित दुर्गा भवानी मन्दिर परिसरमा नवनिर्मित अष्टचिरँजीवी मन्दिरमा शुभ मुहुर्त , शुभ साईत पारेर आज गजूर प्रतिस्थापन गरिने भएकाे छ।
हरेक आईतवारका दिन जेष्ठ नागरिकहरुकाे वृहत् उपस्थितिमा भजन कृतन तथा प्रवचन हुँदै गरेकाे साे मन्दिर परिसरमा निर्मित मन्दिरका लागि अति शुन्दर गजुर आराेहण गराउन लागेको दुर्गा मन्दिर सँरक्षण समितिका सचिव अम्बिका प्रसाद भण्डारीले बताउनुभयो।
कतिका सन्तान विदेश गए भने कतिका सन्तान घरै भएर पनि अतिव्यस्त छन् ।आफ्ना वृद्ध आमाबुबालाई समय दिन नभ्याए पछि अभिभावकहरुलाई मन भुल्याउने सहारा यहि मन्दिर भएकाे छ भन्नुहुन्छ सचिव भण्डारी। अलिअलि त स्थानीय तथा प्रदेश सरकारले सहयाेग गरेकै छ , थाेरबहुत दाताले पनि दान गर्नुभएकै छ ।तै पनि यहि मन्दिर परिसरमा जेष्ठ नागरिकका लागि दिनकाट्ने साधनका साथै शारीरिक कसरत हुने खालकाे याेगजन्य सामाग्रीहरुका साथै बाध्यवाजन,खेल सामाग्री ,जस्ता सामाग्री सहितकाे शुभिदायुक्त काेठाभएकाे भवनमा जेष्ठ नागरिकहरु रमाईरहेकाे हेर्ने रहरका साथ दाताहरुकाे खाेजि भैरहेकाे मन्दिर व्यवस्थापन समितिका अध्यक्ष केदारनाथ तिमिल्सिना भन्नुहुन्छ ।
आजै गजुर चडाईने उक्त मन्दिर भित्र भने शुभदिन जुराएर मुर्तिकाे स्थापना गरि प्राण प्रतिष्ठा गराईने याेजना रहेकाे सचिव भण्डारीले बताउनुभयो ।