३ जेठ, चितवन ।

सम्पूर्ण विश्वका लागि अमेरिकी साम्राज्यवाद खतरा बनेकाे भन्दै राष्ट्रिय जनमाेर्चाले नेपालमा पनि हरेक बहानामा अमेरिकीहरू प्रवेश गर्दै आफ्नो प्रभुत्व कायम गर्न प्रयत्नशील रहेकाे जिकिर गरेकाे छ।

 

ईण्डाेप्यासिफिक रणनीतिक अन्तर्गत चीनलाई घेराबन्दी गर्न समेत अमेरिकी नेपालमा आफू निर्वाद खेल्न चाहेकाे जनमाेर्चाकाे ठहर छ।

जनमाेर्चाले अमेरिकी साम्राज्यवादकाे गम्भीर खतरामाथि ध्यान दिदै यसकाे विरुद्धमा जनजागरण श्रृजना गर्ने उद्देश्य सहित जेठ १ गतेबाट कन्चनपुरकाे महेन्द्रनगर र बागलुङको बागलुङ बजारबाट मेची- महाकाली जागरण अभियान शुरुगरि जेष्ठ १५ गते काठमाडौ र बुटवलमा समापन गर्ने भएकाे छ।

यसै बिच अभियानकै क्रममा आज जेष्ठ ३ गते १ बजे भरतपुर चितवनकाे मालपोत कार्यालय अघि अभियान सभा सम्पन्न गरेकाे छ।पार्टीका पूर्व सचिव कृष्ण अधिकारी प्रमुख अथिति रहेकाे साे जागरण सभाकाे अध्यक्षता अमर क्षेत्रीले गरेका थिए भने केन्द्रीय सदस्य डम्बर पुरी,शालिकराम सापकोटा सहितको नेताहले मन्तव्य सहित उपस्थित थिए।

अमर क्षेत्री अध्यक्षतामा सम्पन्न साे अभियानकाे सन्चालन नारायण चालिसेले गरेका थिए। वक्ताहरुले अमेरिकी बाट नेपाल खतरामा रहेकाे र उसले आफ्नो मनाेमानी गर्न उसका गाेजीका मान्छेहरु सरकारमा खाजि गरिरहेकाे टिप्पणी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0