२०८०बैशाख २१
चितवन/८ पृष्ठ लामाे सुसाईट नाेट फेलापरेसँगै व्यवसायी शँकर कँडेल मृत्यु प्रकरणमा दुरुत्साहन अभियाेग लागेका प्रदीप रुङ्टा र जीवन रावललाई पक्राउ गरि अनुशन्धान प्रकृया अघिबढाउन थप दबाब श्रृजना गर्ने उद्देश्यले आज ११ बजे चितवन जिल्ला प्रशासन कार्यालय घेराउ गरिने भएकाे छ ।
नेपाली काङ्ग्रेस चितवनका पूर्व अध्यक्ष जीतनारायण श्रेष्ठका अनुसार आराेपितहरु अझै पनि पक्राउ परि कानुनी अनुसन्धानकाे दायरामा नआउनु दु:खद भएकाेले थप दवाव श्रृजना गर्न आज ११ बजे प्रहरी कार्यलयमा धर्ना प्रदर्शन गर्नुपर्ने भएकाे हाे ।
अनमाेल फिड्सकाे शेयर खरीदकर्ता प्रदीप रुङ्टा र कार्यालयका लेखा कर्मचारी जीवन रावलले दिएकाे प्रताङनका कारण आत्महत्या जस्ताे जघन्य परिस्थिति उत्पन्न भएकाे भनी दुरुत्साहनमा उनीहरु बिरुद्ध किटानी जाहेरी परेकाे छ।
जाहेरी पश्चात् उनीहरुलाई पक्राउ पुर्जी जारी भै प्रकृया अगाडि बढेकाे चितवन प्रहरी प्रमुख रामेश्वर कार्कीले बताएका छन्। मृतक कँडेल चितवनका स्थापित व्यापारी हुन् भने उनी नेपाली काङ्ग्रेसका पूर्व काेषाध्यक्ष र हाल महासमिति सदस्य हुन ।