२०७९ चैत्र ९
चितवन/नेपाल पत्रकार महासँघकाे सदस्यता लिई पत्रकारीता गरिरहेका पत्रकारहरुकाे नि:शुल्क आँखा जाँच हुने भएकाे छ।नेपाल पत्रकार महासँघ र नेत्रज्योति सँघकाे स्थापना दिवसको सन्दर्भ पारेर भरतपुर आँखा अस्पतालकाे प्रविधिक तथा विशेषज्ञहरुकाे सहयोगमा पत्रकारहरुकाे आँखा जाँच तथा उपचार गर्न लागिएको नेपाल पत्रकार महासँघका सभापति नारायणप्रसाद अधिकारीले बताउनुभयो।
“दुनियाँलाई समाचार र विचारबाट सुसूचित गराउन हरदम कृयाशिल भैरहनुहुने पत्रकार आफ्नै भने आँखाकाे अवस्था के कस्ताे अवस्थामा रहेकाेछ जानकारी लिनुकाे साथै समयमै विशेषज्ञ सेवा लिनु आवस्यक भएकाेले पनि स्थापना दिवसको अवसर पारेर चितवनका सबै सदस्य पत्रकार साथीहरूकाे आँखा जाँच गर्ने याेजना बनाएका हाैँ ” पत्रकार महासँघ चितवनका सचिव दिपेन्द्र अधिकारीले भन्नुभयो।
आँखा जस्ताे सम्वेदनशील बिषयकाे जाँच गराई समयमै जानकारी आवस्यक उपचारका लागि यहि चैत्र १० गते शनिबारका दिन बिहान ९ बजे देखि १२ बजेसम्म बाईपास स्थित भरतपुर आँखा अस्पतालमा आउनुहुन हामी सबै पत्रकार साथीहरू लागि अनुराेध गरिएको ” नेपाल पत्रकार महासँघका उपसभापति प्रकाश ज्ञावलीले जानकारी गराउनुभयाे ।
पत्रकारहरुकाे क्षमता अभिवृद्धिका कार्यक्रम , भ्रमण तथा स्वस्थ परिक्षण लगाएतका पत्रकारका हित र आवस्यकताका गतिविधि मा पत्रकार महासँघ चितवन सदैव कृयाशील रहदैआईरहेकाे छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1