
२०८०असाेज १२,शुक्रबार ।
भरतपुर,चितवन। भरतपुर महानगरपालिकाले भाैतिक विकाससँगसँगै नगरकाे साैन्दर्यता र पर्यावरणीय विकासमा समेत जाेड दिएकाे छ ।
यसै वर्षदेखि नगर भित्र हरियाली प्रवर्द्धन गर्नुका साथै साैन्दर्यता वृद्धि गर्न रु. ५ कराेड रकम विनियोजन गरेर काम अघि बढाएकाे छ। नगरलाई स्वस्थ र स्वच्छ राख्न मद्दत पुगाेस् भन्ने उद्धेश्य गत महिना देखि नै वडा तथा टाेल टाेलकाे सहभागीतामा सरसफाइ तथा वृक्षारोपण कार्य सँञ्चालन हुँदै आईरहेकाे छ। महानगरले सन् २०२४ लाई भरतपुर भ्रमण वर्षकाे रुपमा मनाउँदै छ ।
आज बिहान पनि सहिदचाेक देखि बेलचाेक सम्म सरसफाइ गरिएकाे थियाे । वृक्षाराेपण कार्यमा सरिक हुनुभएका महानगरका मेयर रेणु दाहालले भन्नुभयाे ” याे बर्ष हामी यही बर्षमा एक लाख भन्दा बढी बिरुवा राेप्ने छाैँ । महानगरले बृक्षाराेपण कार्य गर्न विभिन्न निकायसँग कार्य विभाजन समेत गरिएकाे बताएकाे छ ।
१६ मिटर भन्दा साँगुरा सडकहरुमा वडा तहले वृक्षारोपण तथा सरसफाइ गर्ने छ भने साे भन्दा माथिका सडकहरुमा महानगरले सरसफाइ तथा वृक्षरोपण गर्ने छ ।
वृक्षारोपण तथा सरसफाइ कार्यमा चितवनका प्रमुख जिल्ला अधिकारी , जिल्ला प्रहरी कार्यलय चितवनका प्रमुख , जनप्रतिनिधि तथा कर्मचारीहरुकाे सहभागीता रहेकाे थियाे ।
