
२०८०भाद्र २६, मँगलबार
काठमाडौं । स्वर्गीय सुवास नेम्वाङकाे अन्त्यष्टि बिहिवार ११ हुने भएकाे छ। नेकपा एमालेकाे सचिवालय बैठकले साे निर्णय गरेकाे हाे ।
सरकारले संविधान सभाका अध्यक्ष स्व. नेम्वाङकाे अन्त्यष्टि राजकीय सम्मानका साथ गर्ने निर्णय समेत गरेकाे छ भने साे दिन वहाँकाे सम्मानमा एक दिन शाेक विदा दिने निर्णय गरेकाे छ ।
देश बाहिर रहेका छाेराहरु आएपछि वहाँ काे अन्त्यष्टि हुने परिवारले जनाएको छ । नेम्वाङ काे साेमबार राति १ : ४० बजे हृदयघातबाट मृत्यु भएकाे थियाे ।
