
२०८० भाद्र १८,
साेमबार जनताले नैसँविधान बनाउन पाउनपर्ने आवाजका साथ सफल भएकाे राजनीतिक आन्दोलन सकिएकाे वर्षाै बितेपनि परिकल्पना गरेबमोजिम कानुन भने देशमा छैन ।
संविधानले मात्रै लाउन खान नपुग्ने र यसका लागि कानुनी बाटाेबाट याेजना चाहिने दुनियाँलाई थाहा हुँदहुदै पनि परिवर्तित नेपाल आवश्यक कानुन बिनै चलिरहेकाे छ ।
२०७४ सालमा जनताले पठाईका प्रतिनिधिले १ सय २ वटा कानुन बनाए पनि ०७९ मा गएका सभासदले भने हालसम्म मिटरव्याजी सम्बन्धि कानुनलाई सँशाेधन बाहेक कुनैपनि कानुन बनाउन सकेकाे छैन । अझ भनाैँ सरकार केवल छलफल मा मात्रै व्यस्त छ । कानुन बनाउन जति सभाषदहरुकाे भुमिका हुन्छ साेहि हाराहारीमा सरकार हुन्छ । सरकार कानुन बनाउने गृहकार्यमा लागेकाे भएपनि टेवल भने केही गरेकाे छैन ।
माैजुदा सँविधानले गति पाउन अझै कम्तिमा १सय ८२ भन्दा वढि कानुन र धेरै सँस्यामा विनियम बन्नुपर्ने देखिन्छ । विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी शाहले आवस्यक कानुन बनाउने काममा समिति क्रियाशील भैरहेकाे बताए पनि जनताले भने परिणाम प्राप्त गरिसकेका छैनन् ।
आजै राष्ट्रिय सभाकाे बैठक बस्ने मिति तय भएपनि सभामा कुनकुन विषयलाई छलफलमा लैजाने अझै टुडङ्गाे छैन । जुनसुकै तहकाे भएपनि सभासद भनेका देश सञ्चालन गर्न आवस्यक नीति नियम कानुन बनाउने थलाे भएपनि केवल राजनीतिक हैसियत र सत्ताकाे दायाँबायाँमा साम्सदकाे बढि समय बित्ने र जनचाहना बमाेजिम कामले परिणाम नपाउँदा जनतामा निराश , विद्राेह र विकल्पकाे खाेजी का परिघटनाहरुले नेपाली समाजलाई प्रभाव पार्दै छ।
कृष्ण खनाल
(श्रीखबर अनलाइन सञ्चार)
