
२०८०भाद्र १७ गते ,आईतवार
रामलाल कुमाल ,चितवन । साप्ताहिक सञ्जाल नेपाल ,चितवनकाे वार्षिक साधारणसभा तथा अधिवेशनकाे अवसरमा पत्रकार कृष्ण खनाल सम्मानित हुनुभएको छ। विगत २५ वर्षदेखि पत्रकारिता गर्दै आउनुभएका पत्रकार खनालले २०५४ तिर सगरमाथा दैनिकबाट अैापचारिक रुपमा पत्रकारिता शुरुगर्नु भएपनि साैयाैँ पत्रपत्रिका तथा पुस्तकमा लेख रचना प्रकाशन तथा कैयौं पुस्तकमा भुमिका समेत लेखिसक्नु भएकाे छ ।
२०५५-५६साल ताका बर्दियामा स्थापना भएकाे नयाँ मुलुक सन्देश, मुस्कान अर्ध साप्ताहिक देखि बबई साप्ताहिक , बर्दिया टायम्स, सन्याकालिन दैनिक जस्ता पत्रिकामा महत्त्वपूर्ण कार्य सम्पादन गरिसक्नु भएका पत्रकार खनालले भूमण्डल त्रैमासिक , सम्बन्ध मासिक जस्ता पत्रिकाकाे सम्पादककाे जिम्मेवारी समेतकाे अनुभवी हुनुहुन्छ ।
विगत १३ बर्षदेखि कहिले” ख” वर्गमा त कहिले ग, घ मा सूचना विभागबाट सुचीकृत पत्रिका चितवन ज्याेति साप्ताहिककाे निरन्तर सम्पादककाे महत्त्वपूर्ण जिम्मेवारीमा रहनुभएका पत्रकार खनाल भूमण्डल नेटवर्क प्रा. लि.द्वारा प्रकाशित श्रीखबर अनलाइन सञ्चाारकाे अध्यक्ष तथा सम्पादक समेत हुनुहुन्छ ।
लामाे समयदेखि पत्रकारिता कर्मबाट पत्रकार र पत्रकारिताकाे पेशागत श्रीबृद्धि र समाजमा परेकाे सकरात्मक प्रभावकाे उच्च मुल्यांकन गर्दै वहाँलाई सम्मान” गरेकाे सञ्जाल गठनकाे शुरुवति कालका सस्थापक अध्यक्ष पत्रकार नवराज ढकालले बताउनुभयो भने सञ्जाललाई विधिवत रुपमा दर्ता प्रकृया पूरा गर्दाका बखतका अध्यक्ष तथा अधिवेशनका सभापति टिकादत्त तिमिल्सिनाले नेपाल पत्रकार महासँघका केन्द्रीय अध्यक्ष विपुल पाेखरेल ज्यू नै प्रमुख अतिथिका रुपमा उपस्थित भै वहाँ कै हातबाट पत्रकार साथीहरुलाई सम्मान गर्ने अवसर प्रति खुशी व्यक्त गर्नुभएकाे छ ।
सम्मान प्राप्त हुनु र सम्मान गर्नु कार्यप्रतिकाे मूल्यांकन मात्र नभएर सम्मान , आत्मियता र जिम्मेवारी मा बढाेत्तरी ल्याउने अवसर समेत भएकाे प्रति सचेत रहदै सम्मानकाे लागि सन्जाल चितवन प्रति आभार प्रकट गर्दै सम्मानित हुनुहुने पत्रकार खनालले पत्रकारिताका माध्यमबाट सामाजिक जिन्दगीमा आफू निरन्तर कृयाशील रहने बताउनुभयो ।
सञ्जाल चितवनकाे शनिवार सम्पन अधिवेशनले सुर्य बरालकाे नेतृत्वमा नयाँ कार्य कार्य समिति चयन गरेकाे छ ।
