२०८०भाद्र १३,बुधबार चितवन । लामाे समयकाे पर्खाई पछि नियुक्त भरतपुरस्थित बिपि काेईराला मेमोरियल क्यान्सर अस्पतालका निर्देशक डाक्टर शिवजी पाैडेलले पहिलाे निर्णय मै अस्पतालमा रहेका सबै जनरल वाडमा रहेका वेड नि: शुल्क गर्ने निर्णय गर्नुभएको छ ।

असोज १ गतेदेखि लागू हुने गरी अस्पतालका सघन उपचार कक्ष (आइसीयू), पोष्टअप र क्याबिनबाहेकका सम्पूर्ण जनरल ९साधारण० शय्या निःशुल्क गर्ने निर्णय गरेको कार्यकारी निर्देशक डा पौडेलले जानकारी दिनुभयो । पदभार ग्रहण गर्दैगर्दा पौडेलले शय्या निः शुल्क गर्ने टिप्पणीमा पहिलो हस्ताक्षर गर्नुभएको थियो । अस्पतालमा कुल चार सय ५० शय्या रहेका छन् । यसमा तीन सय ५० हाराहारी जनरल शय्या छन् । अस्पतालले भर्ना भएका बिरामीलाई खाना निः शुल्क उपलब्ध गराउँदै आएको छ ।

Open photo

बैठकले सन्चालक समितिकाे सदस्य समेत नियुक्त गरेकाे छ भने अस्पतालकाे उपनिर्देशकमा डाक्टर उमेश नेपाललाई नियुक्त गरेकाे छ । मनाेनित हुनुहुने सन्चालक सदस्यहरुमा डा. कृष्णसागर शर्मा र डा.भावना वाग्ले हुनुहुन्छ । वहाँहरु अस्पतालकाे तर्फबाट एक महिला सहित नियुक्त हुने व्यवस्था अनुरुप नियुक्त हुनुभएको हाे ।