
२०८०भाद्र १२, मँगलबार
२०७५ सालमा पहिलाे पटक २८ किलाेकाे अजिङ्गरलाई च्याप्प समातेर रमाकान्त खरेलकाे घरभित्रबाट बाहिर निकाले पछि सर्पबाट मान्छे जाेगाउने र मान्छेबाट सर्प जाेगाउने काममा लाग्नुभएका यमलाल भण्डारीले हालसम्म २ हजार भन्दा बढिसर्पलाई उद्धार गरी सर्पलाई मानिसबाट र मानिसलाई सर्पबाट बचाईसक्नु भएकाे छ।
बडेमाकाे गाेवन देखि कैयन विषालु सर्पलाई डाेरी समातेसरी च्यापच्यापी समातेर दुनियाँलाई प्रत्यक्ष र सञ्जाल मार्फत चकित पार्नुहुने कँडेलकाे अन्तरङ्ग जीवन कहानी भने कहिले सर्पसरी घुम्रिएकाे छ । कहिले लमतन्न र निस्पट्ट । कहिलेकाहीँ नदेख्नेले भनेजस्तै उहाँ दुनियाँका लागि नागमणी पनि ।
दुनियाँका आ-आफनै व्यथा भित्रका कथा भएजस्तै भण्डारी जी का बाल्यकाल देखि नै कथा जति छन् व्यथा झन् डवल । सर्प समात्ने भण्डारीका जिवनचक्रले मारेका फड्को भित्रका कथा भित्र रहेर भूमण्डल नेटवर्क प्रा.लि. द्वारा सम्पादित तथा प्रसारित श्रीखबर अनलाइन सञ्चारका लागि सम्पादक पत्रकार कृष्ण खनालसँगकाेअन्तरँग कुराकानीकाे सम्पादित अंश :
( पत्रकार कृष्ण खनाल र सर्प उद्धारकर्मी यमलाल भण्डारी बिचकाे अन्तरँग बार्ता : तस्बिर श्रीखबर अनलाइन सञ्चार )
* यमलाल सर नमस्कार , च्यापच्यापी सर्प समातेको देखेकाे सञ्जालमा । हैन यस्ताे खतरा काम गर्न कसरी आँट आयाे ?
# नमस्कार, शुुुरु शुरुमा त लहैलहैमा हाैसिएरै लागियाे । २०७५ साल तिर हाे रमाकान्त खरेलकाे घरमा सर्प पसेकाे छ भने हल्ला थाहा पाएँ । दाैडेर पुगेँ। सबैले ल ल यमलालले समात्छ सर्प भने । मलाई पनि त्यसै जाेश चड्याे, लहैलहैमा सर्प समातेँ, समात्दै गाकाे त त्याे त बडेमाकाे अजिङ्गर पाे रहेछ । २८ किलाे काे । सवैले वा वा भण्डारी भने । अजिङ्गरकाे माला लगाएँ । विस्तारै गाउँलेले पनि सर्प समात्ने मान्छे भन्नथाले । आफुमा पनि जाेश बढन थाल्याे । यताउताबाट फाेन आउन थाल्याे । शुरुशुरुमा लहैलहैमा मात्न थालियाे , बिना ज्ञान बिना टेक्निक । तर पछि विस्तारै कुराहरु बुझ्न थालेँ , सर्पहरु पैचान गर्न थालेँ । युटुव गुगलहरु हेर्न थाले पछि बिस्तारै धेरै कुरा थाहा भयाे ।
* सर्प समात्ने काम चाहिँ किन गर्नुभएकाे , आफैँ मरिन्न र भन्या ?
# याे धेरै नै खतरा काम हाे । खतरै काम गराैँ , अरुले भन्दा फरक काम गराैँ भन्ने लाग्याे । याे काम त धेरै खतरा । कतिखेर के हुन्छ पत्तै छैन । तर मैले धेरै मान्छेबाट सर्प बचाएकाे छु र धेरै सर्पबाट मान्छे बचाउने कर्म गरेकाे छु , यसैमा खुशी छु ।




