
भरतपुर अस्पतालकाे अध्यक्षकाे दाेश्राे कार्यकाल समाल्दै अस्पतालका भाैतिक तथा व्यबस्थापकीय कार्यमा उल्लेख्य काममा जुटिरहेका बेला राजिनामा दिएर राजनीतिकाे मीयाे तर्फ तानिएका डाक्टर अधिकारीले निर्वाचन कै दाैरानमा पनि ‘ ६ स ‘ काे अवधारणा प्रस्तुत गर्दै समाज सेवा र विकासकाे अवधारणा प्रस्तुत गर्नुभएको थियाे ।
सबै क्षेत्र, बर्ग , पात्र र प्रवृत्तिसँग नजिककाे सम्बन्ध स्थापित गर्न काविल डाक्टर अधिकारीसँग माैजुदा राजनीतिक परिदृश्य भित्रकाे समाजिक अन्तर्वस्तु , व्याक्तिका स्वास्थमा देखापर्दै गैरहेका समस्याहरु र राज्यले खेल्नुपर्ने भूमिकाका विषय भित्र रहि श्रीखबर अनलाइन सञ्चारका लागि पत्रकार कृष्ण खनालसँग भएकाे अन्तरँग कुराकानीकाे सम्पादित अंशः
डाक्टर साप, नमस्कार । प्रतिनिधि सभाको निर्वाचनताका एकाएक देखिएको सकृय राजनीतिबाट आफ्नै पेशामा फर्कनु भएको देखिन्छ । हिजोका ति दिनदेखि वर्तमान अवस्थासम्म आइपुग्दा नेपाली राजनीति र समाजलाई कसरी नियाली रहनु भएको छ ?
– सर्वप्रथमतः श्रीखबर अनलाइन सञ्चार टिमलाई यस प्रेक्षालयमा हार्दिक स्वागत छ । हिजोका घटनाक्रमसँग जोडेर विषय प्रवेश गराउनु भयो । एउटा सचेत नागरिकले समाज दर्शन, मूल्यमान्यता र आदर्शको खोजी गर्न, समाज परिवर्तन र विकासमा समाहित हुन चाहनु मानविय गुण नै हो ।
पारिस्थितिले मलाई नेकपा माओवादीका श्रद्धेय अध्यक्ष हाम्रा अभिभावक, राष्ट्रलाई नै आमूल परिवर्तनको दिशामा डो¥याउन ल्याकत राख्नु हुने नेता क. पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र नं. ३ चितवनबाट गठबन्धन कै उम्मेद्वारको रुपमा प्रस्तुत हुने अवसर मेरो लागि जिन्दगीको महत्वपूर्ण अवसरको रुपमा ग्रहण गरेको छु । त्यस अवसरमा म, हाम्रो योजना र पार्टीप्रति ऐक्यवद्धता जाहेर गर्नुहुने समाजका सबै व्यक्तित्वहरुलाई श्रीखबर अनलाइन सञ्चार मार्फत पनि फेरि एक पटक हार्दिक कृतज्ञताका साथ आभार व्यक्त गर्न चाहन्छु ।
दोस्रो कुरा, उत्पन्न पारिस्थतीको बारेमा समाजका सचेत वर्ग अनविज्ञ छैन । परिणाम के भयो सबैको सामु छर्लङ्गै छ । त्यो भन्दा पनि त्यतिखेरै समाज विकास र परिर्वतनमा म र मेरो आस्था रहेको पार्टी र समर्थक मोर्चाको तर्फबाट स्पष्ट रोडम्याप प्रस्तुत गरेको सर्वविदितै छ । मैले आफू पेशागत गोरटोबाट राजनैतिक राजमार्गमा प्रवेश गरेको र समाज विकास र परिवर्तनमा आफ्ना विवेकलाई पार्टी र संस्थाको पूँजीका रुपमा विकाश गर्दै समाजलाई आवश्यकताका आधारमा सेवकको रुपमा प्रस्तुत हुने जुन अवसरको लागि वातावरण श्रृजना भयो यो अवसरका लागि फेरि पनि पार्टी र नेतृत्व प्रति आभारी छु ।
डाक्टर साथ तपाई आफैमा वरिष्ठ फिजिसियन, सफलता कमाईसकेको व्यवसायिक र पेशागत दक्षता प्रदर्शन भइसकेको पत्र । आफूले दक्षता हासिल गरिरहेको क्षेत्रबाट बृहत क्षेत्र राजनीतिमा हाम फाल्नुको पछाडी केही छ त रहस्य ?
– बडो महत्वपूर्ण विषय उठान गर्नुभयो । यसका लागि धन्यवाद । पहिलो त मेरा वुद्धि, विवेक र क्षमताले पेशागत विधाबाट नागरिकका हैसियतले सामाजिक जिम्मेवारी जे जसरी बहन गरे र गरिरहेको छु यसमा म सन्तुष्ट नै छु । तर मैले गरेको योगदान केवल समाजका लागि गोरेटा मात्र हो । यदि अवसर प्राप्त भएको खण्डमा राजनीतिबाटै माथि उठेर नेपाल र नेपालीको बृहत्तर विकास र सेवाको लागि नीतिगत क्षेत्रबाट तयारी हुनु मेरा लागि दोस्रो महत्वको विषय हो ।
म नीतिगत निर्णय गर्ने तहमा पुगेर पार्टी र जनताको निर्देशनमा देशका लागि आवश्यक रोडम्याप तयारीमा सामेल भै नेतृत्वदायी योगदान पु¥याउने अवसरको खोजी गर्नु सामाजिक न्यायको सिद्धान्तले पनि मनासिव ठहर्दछ । राजनीतिलाई समाज सेवाको रुपमा ग्रहण गर्नु पर्दछ भन्ने मेरो बुझाई रहेको छ तर राजनीति विचार प्रधान हुन जरुरी छ । व्यक्ति प्रधान होइन ।
त्यसो भए अहिलेको राजनीति र विकसित घटनाचक्र विचारबाट निर्देशत छ कि व्यक्तिबाट ? – विचारबाट निर्देशित राजनिती र त्यसबाट उत्पादित राजनेताले देश चलाउन पायो भने देश र समाजले सकरात्मक परिणाम महशुस गर्ने हो । हाल राज्य संचालकहरुले समाजको नजरमा केही उपलब्धी प्रस्तुत गर्न सफल भए पनि खासमा भुईमान्छेहरुमा आशा पलाउन बाँकी नै छ ।
के भयो भने भुई मान्छले पनि नागारिक भएको महसुस गर्लान् त ?
– अहिले तल्ला तहका नागरिक जसले राज्य के हो ? र कहाँ छ भन्ने पत्ता पाउनै सकिरहेका छैनन् । जबसम्म नागरिकमा शिक्षा, स्वास्थ्य सामाजिक सुरक्षा र आत्म –सम्मानको महशुस हुँदैन र ति विषयमा सर्वसाधारणको पहुँच पुग्दैन तबसम्म हामीले भन्ने गरेको भुई मान्छेले राहत महशुस गर्न पाउँदैनन् ।
– अहिले तल्ला तहका नागरिक जसले राज्य के हो ? र कहाँ छ भन्ने पत्ता पाउनै सकिरहेका छैनन् । जबसम्म नागरिकमा शिक्षा, स्वास्थ्य सामाजिक सुरक्षा र आत्म –सम्मानको महशुस हुँदैन र ति विषयमा सर्वसाधारणको पहुँच पुग्दैन तबसम्म हामीले भन्ने गरेको भुई मान्छेले राहत महशुस गर्न पाउँदैनन् ।
अलिकति मानव स्वस्थ तर्फ छलफल गरौं । तपाई लामो समयदेखि वरिष्ठ फिजिसियनको रुपमा चिकित्सा कर्ममा हुनुहुन्छ । अहिले नागरिकहरुमा देखिएको स्वस्थ्य अवस्थालाई कसरी विश्लेषण गर्नु भएको छ ?
– विभिन्न किसिमका मौसमी रोग लाग्नु र त्यसले मानव स्वास्थ्य र समाजमा असर पार्नु स्वभाविकै हो । राज्यले क्षमता अभिवृद्धि गर्दै जादा यस्ता रोगबाट नागरिकलाई बचाउन पहल हुनसक्छ । यी प्राकृतिक नियम जस्तै भए । तर व्यक्तिले प्राकृतिक नियम त बदल्न नसक्ला तर उसकाे दैनिकी जिवनलाई व्यवस्थित गराउन सके भने राेगबाट वचन सहज हुन्छ। अहिले मानव स्वास्थमा नयाँ र प्रकृतिका राेगहरुकाे श्रृजना भएकाे छ । म यसैका चिन्तित छु ।
पहिलो कुरा – विभिन्न कारणले मानिसकाे साेचमा परिवर्तन आईरहेकाे देखिन्छ ।व्यक्तिको खानपिनमा सहज पहुँच ,क्रयशक्तिमा वृद्धि र देखासिकिका कारण पनि खानपिनमा नुन,चिनी,र चिल्लाे काे साथै जङ्गफुडका कारण अनावश्यक माेटाेपना, सुगर ,प्रेसर का साथै बाँझाेपना जस्ता राेग ह्वात्तै बढ्दै छ। जनताको चेतना स्तरमै पनि कताजादैछ कहिलेकाही साेचिरहेकाे हुन्छु । चिन्ता पनि लाग्छ ।
अर्काे कुरा जतिधेरै विदेश पलायन , त्यति धेरै समाजमा चिन्ता र तनाव वढाईरहेकाे देखिन्छ । ज्ञान र धन आर्जन गर्ने नाममा सन्तान नै बेचिरहेका वुवाआामाकाे सँख्या बढ्दाे छ ।घरघरमा श्रीमान् – श्रीमती बीच,छाेराछारी – आमाबाबु बीचकाे उत्पन्न असामन्जस्यताले तनाव श्रृजना गर्दैछ ।झट्ट हेर्दा हुनेखाने, सुकिलामुकिला , खाईलाग्दा र धनीमानी जस्ता देखिएपछि आन्तरिक पीडा खतरनाक बन्दैछ ।युवाहरु धेरै विदेश तिर भएका मध्य पनि काेही कुलतमा । त्यसैले समाज विकास सँगै राेग र राेगीकाे प्रकृतिमा पनि परिवर्तन देखिएकाे छ ।
आज श्रृजना भएकाे राेग भाेलीकाे पुस्तामा सर्नेक्रम बढ्दाे छ , जुन सबैभन्दा खतराको विषय हाे । युवा जनशक्तिकाे पलाएनले भाेलीका दिनमा घरपरिवारलाई त असर पर्ने नै भयाे , राज्यतह मै यसले नकारात्मक प्रभाव पार्नेछ । यी सबै विषयलाई राज्यले गहनताका साथ लिनु जरुरी देखिन्छ ।
यी समस्य समाधानका बाटाे पनि केही छ र ?
छ , पक्कै छ । सबैभन्दा पहिले राज्य तहले न व्यक्तिमा चेतना हुने खालका पाठ्यसामग्री स्कुल, कलेज तहबाटै विकास गर्नुपर्छ ।पाठ्यक्रममा नै सामाजिक तथा मानसिक मनाे शिक्षा तथा परामर्श का कक्षाहरु हुनु जरुरी छ । राज्यका सबै तहमा तालिम प्राप्त मनाे सामाजिक परामर्श दाता सहितको मनाे परामर्श केन्द्र हुनु जरुरी छ । हरेक व्यकिले आफुलाई असहज लागेका विषयमा खुल्ला छलफल र परामर्श पाउन सक्ने बाताबरण सृजनाहुनुपर्छ । व्यक्तिले आफ्नाे क्षमता भन्दा धेरै र ठुलाे महत्त्वकाँक्षा लिने र प्राप्त हुननसक्दा चिन्तित हुने र विस्तारै डिप्रेसनमा जाने खतरा बढ्दै छ । राज्यले नीति बनाएरै याेजनाकाे थालनी गर्नुपर्द छ कि व्यक्तिले आफ्ना विषयमा छलफल र परामर्श पाउन सकाेस् ।
डाक्टर साप दैनिकजसाे हजारौंकाे सँख्यामा युवाहरु विदेशीन थाले , नर्स सहित स्वस्थ्यकर्मी पनि जानथाले , के नेपालमा खान बस्नकै कठिनाई बन्दै हाे र?
-खानैे नपुगेर भन्दा पनि थप सुविधाकाे खाेजी गर्ने मानवीय स्वभाव हाे ।नयाँ सम्भावना खाेज्दै गर्दा मेरा बुवा कमेरेवाट पटिहानी पलायन हुनुभयो , म पटिहानी बाट भरतपुर आएँ । यी सबै नयाँपन काे खाेजी हाे । जब मानिसकाे खाेजीकाे क्रम बढ्छ उ सर्छ । सर्दैजाँदा विदेश पनि पुग्न सक्छ । पलनयन नै पनि । युवाले देशमा नयाँपन पाउन राज्यसँग याेजना हुनुपर्छ । हरेक युवालाई ४० बर्षसम्म स्वदेशमा के र कहाँ गर्ने भन्ने याेजना दिनुभयाे भने उ यतै बस्छ र केही गर्छ । नपाए जहाँ पाउँछ उतै जान पनि सक्छ । राज्यले युवालाई सीप मात्रै हाेईन श्रमगर्ने सुनिश्चितता पनि दिन सक्नुपर्छ । हरेक व्यक्तिको चाहना शिक्षा , स्वास्थ , राेजगारी र सामाजिक सुरक्षा र सम्मान पनि हाे । राज्यले यसमा उचित कदम उठाउने याेजना बन्नु र,कार्यान्वयन हुनु जरुरी छ।
डाक्टरसाप, तपाई पनि भरतपुर केन्द्रित हुनुहुन्छ । सारा मान्छे पनि भरतपुर भरतपुर भन्दछन् आखिर के छ भरतपुरमा ?
– दुनियालाई चाहिएको शिक्षा, स्वास्थ्य, सामाजिक आर्थिक सुरक्षा र आत्मसम्मान हो । अलिकति नीतिगत रुपमा कार्यसम्पादन गर्न सकियो भने यि सबै विषयमा भरतपुर अगाडि छ र सम्भव पनि छ । त्यसैले सबैको रोजाई भरतपुर भएको हुन सक्छ । भरतपुरले अब आर्थिक विकास र समृद्धिको साथसाथै सामाजिक सांस्कृतिक रुपमा सौन्दर्यकरणमा लाग्नु जरुरी छ ।
व्यस्त समयलाई व्यवस्थापन गरी अन्तरंग कुराकानीको अवसर प्रदान गरी विचारसमेत संप्रेषणको वातारण तयार गरिदिनु भएकोमा यहाँलाई धन्यवाद ।
– धेरै लामो समयपछि जिन्दगीका अन्तरंग कुराकानी गर्ने अवसर मिल्यो । विचार प्रस्तुतीको अवसर प्रदान गर्नुहुने तपाई र श्रीखबर अनलाइन सञ्चार विशेष धन्यवाद सहित आभार व्यक्त गर्दछु । धन्यवाद ।
