
२०८०भाद्र ३, आइतबार
हाम्रो चित्रवन बचत तथा ऋण सहकारी संस्था लि. को आ.व. २०७९।८० को वार्षिक प्रगति समीक्षा र सामाजिक परीक्षण सम्बन्धी छलफल एक कार्यक्रमका बीच सम्पन्न भएको छ ।
आर्थिक वर्ष २०७९।८० को लक्ष्यका आधारमा सम्पन्न विभिन्न कार्यक्रम र उक्त आर्थिक वर्षको वित्तीय कारोबारका आधारमा भएको प्रगतिको समीक्षात्मक प्रस्तुत गर्ने उद्देश्यले २०८० भाद्र २ गते आयोजित कार्यक्रममा सामाजिक परीक्षणबाट प्राप्त नतिजाको विषयमा विस्तारीत मञ्चको बैठकको आयोजना गरी सार्वजनिक गरिएको हो ।
समिति उपसमितिका र विभिन्न व्यवसाय संचालन गरेका शेयर सदस्यहरुको सहभागितामा सम्पन्न उक्त कार्यक्रममा सामाजिक परीक्षण उप-समितिका संयोजक लक्ष्मण प्रसाद पौडेलले आफ्नो समूहले सामाजिक परीक्षण गर्दा गरिएको अध्ययनका आधारमा तयार भएको प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको प्रगतिका लागि सुझाव समेत राख्नु भएको थियो ।
सचिव कृष्णप्रसाद पौडेल ले साधारण सभामा प्रस्तुत गर्न तयार भएको गत आ.व.का लक्ष्यका आधारमा भएको प्रगति र आ.व. २०८०।८१ को लागि प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भयो भने संस्थाका प्रमुख कार्यकारी अधिकृतले उक्त नीति तथा कार्यक्रमको आधारमा गत वर्षको प्रगति र चालु आ.व.को लागि आवश्यक वित्तीय प्रक्षेपण प्रस्तुत गर्नु भएको थियो ।
गत असारमा भएको संस्थाको चार वर्षीय पाँचौ रणनीतीक व्यावसायिक योजनाको संशोधन गरी आ.व.२०८०।८१ देखि लागु हुने निर्णय गरेकोले संशोधित रणनीतिक व्यावसायिक योजना अनुसार वार्षिक नीति तथा कार्यक्रम समेत परिमार्जन गरी कार्यान्वयनमा ल्याउनु पर्ने भएकोले सोही अनुसार तयार भएको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिएको हो ।
सहकारी क्षेत्रमा देखापरेको समस्याका कारण अपेक्षाकृत प्रगति हुन नसकेको र आर्थिक मन्दीका कारण अनुमान गरे अनुसार सदस्यहरुले व्यावसाय गर्न नसकेको कारण संस्थामा पनि अपेक्षाकृत मुनाफा प्राप्त हुन नसकेको प्रतिवेदनमा उल्लेख गरिएको थियो ।
कार्यक्रममा सहभागी सदस्यहरुले आफ्नो तर्फबाट सुझाव र जिज्ञासाहरु राखेका थिए । प्राप्त सुझावहरु र जिज्ञासाको सामाजिक परीक्षण उप-समितिका संयोजक लक्ष्मण प्रसाद पौडेल, प्रमुख कार्यकारी अधिकृत उमाकान्त पौडेल, सचिव कृष्णप्रसाद पौडेल र संस्थाका अध्यक्ष तेजेन्द्रबहादुर खड्काले जवाफ दिएका थिए।
उपाध्यक्ष अनिलराज पौडेलले स्वागत मन्तब्य राख्नु भएको कार्यक्रममा शेयर सदस्य रमेश घिमिरे, नारायणी पौडेल, नरायण कोइराला, शिवप्रसाद वाग्ले, गोमा भण्डारी, हरिदत्त रिमाल, विष्णुमाया अधिकारी, नयनराज शर्मा, छन्दलाल इटनी लगायतले वार्षिक नीति तथा कार्यक्रम, सामाजिक परीक्षण र पुँजी तथा दायित्व र सम्पत्ती अनुसार प्रक्षेपित आय व्यय विवरणको विषयमा आफ्ना सुझाव राखेका थिए ।
संस्थाका अध्यक्ष तेन्द्रबहादुर खड्काको अध्यक्षता सम्पन्न उक्त कार्यक्रम सचिव कृष्णप्रसाद पौडेलद्वारा सन्चालित थियाे थियो ।
