२०८०भाद्र १, शुक्रबार

चितवन । नक्कली शैक्षिक प्रमाणपत्र बनाएकाे अभियाेगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूराे ( सिआईवि ) ले चितवनबाट एमविविएसमा अध्ययनरत एक विद्यार्थीलाई पक्राउ गरेकाे छ। पक्राउ पर्नेमा सप्तरीको राजविराज ७ ठेगाना भै चितवन मेडिकल कलेज भरतपुरमा एम वि वि एस काे अन्तिम सेमिस्टरमा अध्ययनरत नसिम अख्तार रहेकाछन् ।

Open photo

उनलाई एम वि वि एस अध्ययनका लागि पेश गरिएको प्रमाणपत्रकाे बारेमा अनुसन्धान हुने जनाईएकाे छ । अख्तरलाई थप अनुसन्धानका लागि काठमाडौं लगिदैछ । गएराती पक्राउ परेका उनीसँग काठमाडौं स्थित सेन्ट थाेमस कलेलबाट आई. एस्सी पासगरेकाे प्रमाणपत्र रहेकाे जनाएको छ ।