
२०८०श्रावण २६, शुक्रबार
काठमाडौं । नेपाल राष्ट्र बैँकले जिम्मेवारी पूरा नगरेकाे र गलत तथ्यांक तयारपारेकाे अभियाेगमा ३ वटा कमर्सियल बैँकलाई कार्वाही गरेकाे छ । राष्ट्र बैककाे कार्वाहीमा परेका बैकहरु मध्य हिमालय बैँक , कुमारी बैँक र प्राईम बैँक हुन् ।
कुमारी र हिमालयले राष्ट्र बैँकले जारी गरेकाे निर्देशन उलँघन गरेकाेले कार्वाहीमा परेकाे राष्ट्र बैँकले जनाएको छ। यी बैकले चाैथाे कर्जा निक्षेप अनुपात नपुर्याएकाे र प्रयाप्त कर्जा नाेक्सानी व्यवस्था नगरेका हुन् ।
राष्ट्र बैकले कार्वाही स्वरूप कुमारी बैकलाई रु ५१ लाख र हिमालय बैँकलाई एक कराेड ३९ लाख जरिवाना गरेकाे छ भने प्राईम बैँककाे कार्यकारी अधिकृतलाई जाेखिम भारित सम्पत्ति गणना गर्दा वास्तविक भन्दा कम भएकाे देखिएकाेले कार्वाही गरिएको राष्ट्र बैकले जनाएको छ ।
