
श्रावण ७ आइतबार ,२०८०
चितवन/ भरतपुर महानगरपालिकाले कक्षा ११ का लागि निजी र सामुदायिक विद्यालयका विद्यार्थीहरुका लागि लिएको छात्रवृत्ति प्राप्त गर्नेकाे नामावली सार्वजनिक गरेकाे छ ।
महानगरकाे शैक्षिक प्रशासन महाशाखाका प्रमुख महेन्द्रप्रसाद पाैडेलका अनुसार सँस्थागत तथा सामुदायिक विद्यालयमा कक्षा ११मा अध्ययन गर्न चाहने विद्यार्थीहरु मध्यबाट महानगरपालिकाकाे सँशाेधित कार्यविधि २०७५ काे दफा ५ काे उपदफा ३( १) बमोजिम निवेदन दिएका मध्यबाट कूल २ सय ८३ विद्यार्थी छनाैट भएकाछन् ।
इच्छुक विद्यार्थीलाई १५ दिने सूचना प्रकाशन गरि निवेदन माग भएकाेमा सामुदायिक विद्यालयबाट ४ सय ७९ र निजी विद्यालयका ३ सय४० जना विद्यार्थीले निवेदन दिएकाेमा दुईसय ८३ विद्यार्थी छात्रवृत्तिका लागि छानिएको हाे ।
विभिन्न आधार सहित वडाबाट समेत सिफारिस भै निवेदन दिएका विद्यार्थीकाे छनाैटकाे मुख्य आधार भने माथिल्लाे ग्रेड ( जिपिए)लाई लिइएकोमा जेहेन्दार ३७ प्रतिशत , विपन्न ३५ प्रतिशत ,जनजाति १० प्रतिशत छनाैट भएकाछन् भने ५ प्रतिशत दलित , ३ प्रतिशत अपांगता र ९ प्रतिशत भने सहिद, जनआन्दोलनका घाइते , वेपत्ता परिवार र मधेस आन्दोलनका घाईते रहेकाे महाशाखाले जनाएको छ ।
