
शुक्रबार ५असार २०८०
प्रवासबाट फर्किएका युवाहरुले स्थापना गरेको सहकारी संस्था प्रवासी चितवन बहुउद्देश्यीय सहकारी संस्था लि. ले आफ्नो कार्य संचालन शुभारम्भ गरेको दिन श्रावण ०४ गतेको अवसर पारेर बृहत् रक्तदान कार्यक्रम गर्दै आफ्नो प्रथम स्थापना दिवस मनाएको छ ।

भरतपुर अस्पताल रक्तसञ्चार केन्द्रको प्राङ्गणमा रक्तदान कार्यक्रमको आयोजना सम्पन्न गरेको छ। कार्यक्रमका प्रमुख अतिथी भरतपुर महानगरपालिका वडा नं -१२ का वडा अध्यक्ष लेखराज पन्त रहुन भएको थियो । अतिथिहरुमा गैर आवासिय नेपाली संघका सल्लाहकार तथा यस सहकारी संस्था लि. का समेत सल्लाहकार रहेका सोमनाथ सापकोटा, सुरक्षित आप्रवासन (सामी) का संयोजक सुरेस भन्डारी, भरतपुर महानगरपालिका रोजगार शाखा केन्द्र का प्रमुख सन्देश वाग्ले, रिटनी संजाल वाग्मती प्रदेश कमिटी उप- सचिव इन्द्र प्रसाद न्याैपाने, लगायतका बिशिस्ट व्यक्तित्वहरुको साथमा संस्थाका सल्लाहकार, क्षिमेकी सहकारीका प्रतिनिधि, विभिन्न उप- समिती संयोजक, सेयर सदस्य, शुभचिन्तक तथा रक्तदाताहरुको बाक्लो उपस्थिति रहेको थियो। बिश्वनाथ साप्कोटाको सम्योजकत्वमा भएको औपचारीक कार्यक्रम दुर्लभ बन्दु पोख्रेल ले सन्चालन गर्नु भएको थियो ।

रक्तदान कार्यक्रममा ९२ जना पुरुष र ११ जना महिला गरेर १०३ जनाले रक्तदान गर्नु भयकोथियो। उक्त रक्तदान कार्यक्रममा सहभागी भई सफल बनाउन सहयोग गर्नुहुने प्रमुख अतिथि,विशेष अतिथी, अतिथिहरु प्रवासी चितवन बहुउद्देश्यीय सहकारी संस्था लि. का संचालक समिती सदस्यहरु , स्वास्थ तथा सरसफाइ उप समिति, लेखा समिति, ऋण समिति साथै विभिन्न उपसमिति संयोजक तथा सदस्यहरु, सेयर सदस्य तथा शुभचिन्तक लगायत सम्पूर्ण रक्तदाताहरुलाई प्रवासी चितवन बहुउद्देश्यीय सहकारी संस्था लि. का अध्यक्ष मुक्ति प्रसाद अधिकारी ले हार्दिक धन्यबाद ज्ञापन गर्नु भयको थियो।
