
शनिवार ३०, असार २०८०
काठमाडौं /तपाईंकाे र मेराे टेकाईसँगै रह्याे र स्प्रिट एकैभयाे भने हाम्राे मिसन ०८४मा रास्वपाकाे एक्लाे बहुमतकाे सरकार बन्न राेक्ने तागत अब कसैकाे नहुने साे पार्टीका केन्द्रीय अध्यक्ष रवि लामिछानेले बताएका छन् ।असार ३० गते आज उनले साे कुरा पार्टी द्वारा आयाेजित बुढानिलकण्ठ नगर भेलामा बाेलेका हुन् ।
कार्यकर्ता माझ उत्साहित हुँदै उनले भने- यदि कसैले भ्रष्टाचारकाे फाईल बन्दगर्ने काेशिस मात्रैपनि कसैले गर्याेभने जनताले छाेड्ने छैनन् , हामी छाेड्ने छैन । देशैभर सँगठनले आकार लिईरहेकाे अवस्थामा आफ्ना सहयाेगी हातहरु अझबढि लाग्नुपर्नेमा उनकाे जाेड थियाे ।
