बुधबार २७,असार २०८०

काठमाडौँ/ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी तथा भरतपुर महानगरपालिका मेयर रेणु दाहालकी आमा सीता दाहालकाे आज ८बजेर ३३ मिनेटमा नर्भिक अस्पताल काठमाडौंमा निधन भएकाे छ ।

स्वर्गीय दाहालकाे पार्थिव शरीरलाई पशुपति आर्यघाटमा आजै अन्त्यष्टी गरिने भएकाे छ । अन्त्यष्टी अघि वहाँकाे पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडामा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म राखिने पार्टी श्राेतले जनाएको छ।