
मँगलवार २६, असार २०८०
महालक्ष्मी विकास बैकले स्थापना गरेकाे स्वर्गीय अशाेक श्रेष्ठकाे सम्झना र सम्मनमा स्थापित स्व.अशाेक श्रेष्ठ जेहेन्दार छात्रवृत्ति पर्साका अमर माध्यमिक विद्यालयमा कक्षा ९ अध्ययनरत छात्रा सुमिना भाेम्जानले प्राप्त गरेकीछन् । साे छात्रवृत्तिकाे रकम ५० हजार रुपैयाँ रहेकाे छ ।
विभिन्न सातवटा वित्तीय सँस्थाहरु मिलेर बनेकाे महालक्ष्मी विकास बैककाे एक महत्त्वपूर्ण सँस्था यति फाईनान्सका सँस्थापक अध्यक्ष स्व अशाेक श्रेष्ठकाे स्मृतिमा स्थापित साे छात्रवृत्ति स्व. श्रेष्ठकी धर्मपत्नी निर्मला श्रेष्ठले विद्यार्थी सुनिता भाेन्जनलाई हस्तान्तरण गर्नुभएकाे हाे ।
उत्कृष्ट शैक्षिक चेतनाभएकी सुनितालाई आर्थिक अवस्था कमजाेरी भएका कारणले अध्ययनमा सहयोग पुगाेस् भन्ने उद्धेश्यले उनलाई छात्रवृत्तिका माध्यमबाट सहयोग गरिएको बैकले जनाएको छ।
यस्ता छात्रवृत्ति सहयोगले विद्यार्थीमा आर्थिक सहयोग त पुग्नेनै भयाे यसका साथसाथै विद्यार्थीमा अध्ययनमा समेत थप याेगदान पुग्न गै देशकाे याेग्य नागरिक उत्पादनमा समेत टेवापुग्ने विश्वास रहेकाे विध्यालय व्यवस्थापन समितिका अध्यक्ष उमाकान्त गाैतमले बताउनुभयो ।
छात्रवृत्ति प्रदान गर्दै निर्मला श्रेष्ठले सामाजिक उत्तरदायित्वका कार्यप्रति बैँकले आगामी दिनमा अझ थप सहयोग गर्दैजाने बताउँदै वित्तीय कार्यमा समेत बैकले ग्राहकमुखी कार्यक्रम अघिबढाएकाे बताउनुभयो ।
विगत २८ वर्ष देखि निरन्तर गुणस्तरीय वित्तीय सेवा दिईरहेकाे महालक्ष्मी विकास बैकले “सबल बैक,सफल सहकार्य ” काे नारालाई आत्मसात गर्दै घरघरमा सहज र गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेकाे जनाएको छ।
