
साेमवार २५, असार २०८०
चितवन/ स्वस्थ्य मन्त्रालय, स्वस्थ्य सेवा महाशाखाले भरतपुर महानगरपालिकालाई अस्पतालबाट अप्रेसन गरि निस्कने मानव अँग,सालनाल तथा अन्य विकार पदार्थलाई नष्ट गर्ने उपकरण जडानका लागि एक कराेड ५० लाख रुपैयाँ अनुदान प्राप्त हुने भएकाे छ ।
आजै २५ गते स्वस्थ सेवा महाशाखाबाट साे प्राेजेक्टका लागि पत्र प्राप्त भएकाे र यसलाई कसरी कार्यान्वयनमा लैजाने भन्ने लगायत अस्पताललाई कसरी थप व्यवस्थित बनाउने भन्ने विषयमा भाेली २६ गते नगरभित्र सन्चालनमा आएका सबै अस्पताल सन्चालकहरु सहभागी हुनेगरि मिटिङकाे आयाेजना गरिएको महानगरपालिकाका मेयर रेणु दाहालले जानकारी दिनुभयो ।
पूर्ण अनुदानमा उपलब्ध हुने साे मेशिन हाललाई देशका पाँचवटा स्थानमा जडान गरिने याेजना रहेकाे स्वास्थ महाशाखाले जनाएको छ । धनगढीमा भने मेशिन जडान भै डिकम्पाेजकाे काम शुरुभैकेकाे मन्त्रालयले जनाएको छ ।
