असार १८ साेमवार २०८०

काठमाडौं / २०४९ साल देखि ०६९ सम्म सरकारी स्वामित्वमा रहेकाे सरकारी प्रमाण पुगेकाे जग्गा विभिन्न पात्र र प्रवृत्तिकाे हातहुँदै व्यक्तिको नाममा श्रेस्ता कायम गराउन सघाएकाे अभियाेगमा आज पनि दुईजनालाई प्रहरीले समातेकाे छ ।

समातिनेमा तत्कालीन नासु रमेशकुमार पाेखरेल र देवनारायण महर्जन रहेका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जनाएका छन् ।आइतबार वडा सचिव शिवजी भण्डारी नापी सर्वेक्षक घमन कुमार कार्की र माेही बाबुराम महर्जन समातिईसकेकाे प्रहरी जनाएको छ।

खासाेखासमा सरकारी जग्गा व्यक्ति कृते गरेर खाएकाे पत्तालागेपछि सिआईविले अनेक शिराबाट अनुसन्धान गरि कानुन कार्वाहीका लागि हामीले जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएकाेमा प्रकृया अगाडि बढाउनुकाे सट्टा कार्यालयले थप अनुसन्धान गर्नुपर्ने भन्दै फाईल फर्काईदिएकाेमा अहिले साेहि अनुसन्धानका आधारमा फाईलहरु खुल्दै गैरहेकाे पूर्वप्रहरी अधिकृत सर्वेन्द्र खनालले बताए ।

सिआईबिले यस अघि नै ३ सय जनालाई ललिता निवास प्रकरणमा प्रतिवादी बनाएर कार्वाहीका लागि प्रतिवेदन तयार पारेकाे थियाे । अनुसन्धानले विस्तारै ठुला माछा भनिएकाहरु प्रति केन्द्रित भईरहेकाे अनुसन्धान सुत्रले जनाएको छ।