
८ असार २०८०, शुक्रबार ।
महाेत्तरी/ शुक्रबार नै नागरिकता एेन सँशाेधन विधेयक कार्यान्वयन नगर्न दिईएकाे आदेशकाे निरन्तरता नहुने सर्वोच्चले फैसला भए पछि जन्मशिद्ध नागरिकका सन्तानले आजैबाट नागरिकता प्राप्त गर्ने भएका छन् ।
महाेत्तरीमा आजैबाट नागरिकता वितरण थालिएको छ भने धनुषा लगाएतका जिल्लाहरुमा भने आईतवारबाट नागरिकता वितरण थालिने धनुषा प्रशासनले जनाएको छ ।
महात्तरी जिल्ला प्रशासन कार्यालयले मातहतका सबै बडा कार्यालयलाई नागरिकताका लागि सिफारिस गरि पठाउन निर्देशन जारी गरेकाे प्रमुख जिल्ला अधिकारी दिपक कुमार पहारीले जानकारी दिए ।
नागरिकता सम्बन्धि विधेयक पटकपटक विवादितमा परेकाले जन्मशिद्ध नेपालीले समेत नागरिकता प्राप्त गर्न नसकेका कारण व्यक्तिको नैसर्गिक जिन्दगीमा अनेकौं समस्या आईपरेकाे थियाे ।
नागरिकता प्राप्ति पछि नागरिकको जिन्दगी जिउन सहज हुन कानुनी बाटाे खुल्ने अपेक्षा गरिएको छ । नागरिकता जस्तो सम्वेदनशील बिषयमा सबै पक्ष सजगताका साथ कार्य सम्पादन गर्न सचेत हुन नागरिककाे तहबाट पनि आवाज भने उठ्ने गरेकाे देखिन्छ ।
