६ असार २०८०, बुधबार ।

चितवन/असार १५ गते चितवनमा आयाेजना हुने धान राेपाईँ तथा छलफल कार्यक्रममा सहभागी हुन नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपि शर्मा ओली चितवन आउने हुनुभएको छ।

नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्याैपानेका अनुसार – एमालेका अध्यक्ष ओली १५ गते का लागि पश्चिम चितवनमा आयाेजना गरिएको धान राेपाईँ कार्यक्रम मा सहभागी हुनुका साथै रामपुरमा आयाेजना हुने कृषिका युवा विद्यार्थीहरुका विचमा प्रबिधि , यसकाे सम्भावना र महत्त्वकाे विषयमा हुने अन्तरक्रिया कार्यक्रममा सहभागी हुनुहुने छ ।

कार्यक्रमकाे शुरुमा कृषि-र्याली समेत हुने माेर्चाफाँट प्रमुख समेत रहनुभएका एमालेका चितवन उपाध्यक्ष कमल पाठकले जानकारी दिनुभयो ।

१५ गतेकाे कार्यक्रमलाई भब्य र सब्य रुपमा सम्पन्न गर्नका लागि एमाले चितवनले आफ्ना पार्टीका जनवर्गीय सँगठनका प्रमुख तथा ईन्चार्जहरुकाे बैठक समेत पार्टी कार्यालयमा सम्पन्न गरेकाे छ ।

कार्यक्रमलाई भब्य बनाउने विषयमा केन्द्रित रहेर निकट भविष्यमा सबै माेर्चा सँगठनकाे बैंठक बसी जिम्मेवारी समेत बाँडफाँड गरिने कार्यालय सचिव श्याम श्रेष्ठले जानकारी दिनुभयाे ।

एमालेले यस भन्दा अघिका बर्षहरुमा काठमाडौं भ्याली भित्रै असार पन्ध्र कार्यक्रम गर्ने गरेकाेमा यस वर्ष भ्याली बाहिर चितवनमा कार्यक्रमकाे आयाेजना गर्न लागिएकाे एमालेले जनाएको छ।