जेष्ठ १२,चितवन।

चितवनमा पुरुष भन्दा महिला धेरै रहेकाे तथ्य सार्वजनिक भए पनि सम्पत्तिमा स्वामित्वको हिसाबले त्यति सन्ताेषजन भने छैन

पछिल्लो जनगणना अनुसार चितवनका ६९.७०प्रतिशत महिलाकाे नाममा घरजग्गा नै नभएकाे तथ्य तथ्यांक कार्यालय चितवनले सार्वजनिक गरेकाे छ । चितवनकाे कुल जनसंख्या ७ लाख १९ हजार ८५९ मध्य महिलाकाे जनसंख्या ३ लाख ६८हजार ७० रहेकाे छ। जुन पुरुष भन्दा २.२८प्रतिशतले बढि हाे। पुरुषकाे सँख्या भने ३ लाख ५१ हजार ८५९ रहेकाे छ।

जनसंख्या काे पहुँचमा महिला धेरै भए पनि सम्पत्ति माथिकाे स्वामित्वका हिसाबले चितवनका महिलाकाे पहुँच भने प्रयाप्त पुगेकाे देखिदैन । तथ्यांक कार्यालयले बिहिवार सार्वजनिक गरेकाे तथ्यले यहाँका महिलामा अझै पनि सम्पत्ति माथिकाे पहुँचमा सबल भैसकेकाे देखिएन।

तथ्य अनुसार ६९.७० प्रतिशत महिलाकाे नाममा घरजग्गा नै छैन । जम्मा १५.९९ प्रतिशत महिलाकाे मात्र उनकाे नाममा घर भएकाे देखिन्छ। देशमा भएकाे आन्दोलनको धेरै हिस्सा मा महिलाको अधिकारसँग जाेडिएर आएका छन्।राज्यले महिलाको सम्पत्ति माथि स्वामित्व बढाउनकै लागि भनेर हरेक पटक सडक र सदनमा कुरा उठाए पनि अधिकार प्राप्ति भने साेचे जति नभएकाे पछिल्लो गणनाकाे तथ्यले देखाएको छ।राज्यले महिलाको नाममा घरजग्गा किन्दा लाग्ने करमै छुट सुधिधा दिने नीतिकाे माध्यमबाट उनीहरुको सम्पत्ति माथिकाे पहुँच स्थापित गर्ने याेजना रहेकाे रहेको भएपनि आशातित परिणाम भने नपाएको तथ्यले देखाउँछ।

जनगणनाबाट प्राप्त चितवनको विभिन्न तथ्यकाे सार्वजनिक गर्दै चितवनका तथ्यांक प्रमुख यज्ञमुर्ती भण्डारीले भने चितवनका १.४७ प्रतिशत जनताले अझै पनि शाैचालय प्रयाेग गर्ने गरेकाे पाईएन। शहरीया प्रभाव तथा चेतनाकाे कारणले पनि हुनसक्छ यहाँका ६९.५५ जनता भने सेफ्टिट्याङ्कि भएक‌ै पक्कि शाैचालय प्रयाेय गर्ने गरेका छन्।